काठमाडौं- वैदेशिक रोजगारीमा पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा मानव बेचबिखन गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाई भिजिट भिसामा एक महिलालाई वैदेशिक रोजगारी पठाउने एक व्यक्तिलाई प्रहरीले साेमबार पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा रूपन्देही रोहिणी गाउँपालिका–४ बस्ने ५१ वर्षीय समसुद्दिन खाँ पठान रहेका छन् । प्रहरीका अनुसार उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिबचोकबाट ०८१ जेठ ३ गते पक्राउ गरेको हाे ।
काठमाडौंबाट भारत र्पुयाई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान र्पुयाएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा र्पुयाई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी गाैतम मिश्रले बताएका छन् । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।