गुल्मी– कुमारी बैंक लिमिटेडले गुल्मीको लिम्घा सत्यवती–०४ मा आप्mनो २२औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सत्यवती गाउ‘पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरूपमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंंकका डेपुटी सिइओ– उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चार्ज, अन्य अधिकारीहरू तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उपस्थिति थियो । यस सँगै बैंकले १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाइबाट सेवा दिँदै आएको जनाएको छ ।