काठमाडौं - नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।विश्वकप खेल्न अमेरिका जान लागेका विश्वकप खेल्न अमेरिका जान अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी सन्दीपले सामाजिक सञ्जालमा दिएका छन् ।
सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् ।
अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो ।