काठमाडौं- शुक्रबार पनि छापावाल सुनको मूल्य प्रतिताेला १८ सय रूपैयाँले घटेको छ ।
आज सुनको मूल्य प्रतिताेला १ हजार ८ सय रूपैयाँले घटेर १ लाख ३६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार,छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ५५ रूपैयाँ कायम भएको छ ।