काठमाडौं - चौथो आदिवासी चलचित्र महोत्सव-२०८१ जेठ २३गतेबाट आयोजना हुने भएको छ ।विश्वव्यापी कोरोना महामारीको कारण २०७६ सालदेखि आयोजना हुन नसकेको आदिवासी चलचित्र महोत्सव पुन: निरन्तरता दिँदै जेठ २३- २५ गतेसम्म तीन दिने चौथो आदिवासी चलचित्र महोत्सव-२०८१ आयोजना हुने आदिवासी चललिचत्र महासंधले नेपाल पर्यटन बोर्डमा आइतबार एक पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
महोत्सवमा जातीय संघसस्थाबाट छनोट भई आएका आदिवासी जानजाति मातृभाषी चलचित्र वृतचित्र र छोटा चलचित्र प्रदर्शन गरिने महासंघले छ । महोत्सवमा सहभागिता जनाउने चलचित्रलाई विभिन्न विधामा अवार्ड तथा पुरस्कार प्रदान गरिने भएको छ ।आयोजककाअनुसार महोत्सवमा उत्कृष्ट चलचित्रलाई नगत रु २०,०००/- ,उत्कृष्ट वृत्तचित्र रु१०,०००/-,र उत्कृष्ट सर्टफिल्ममाई रु१०,०००/- रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यसका साथै, पब्लिक चोईस अवार्ड पाउनेलाईरु रु३५००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
यस वर्षदेखि अन्तराष्ट्रिय चलचित्रकर्मीहरुसँग सहकार्य गर्ने लक्ष्यबमोजिम नर्वेजियन नागरिक ईगल पेडेरसनद्वारा निर्देशित वृतचित्र 'इण्डिजिनियस पुलिस' विषेश प्रर्दशन गरिने आयोजकले बताएको छ । चलचित्रको माध्यमबाट आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोकप्रधाको दस्तावेजीकरण एव र प्रवर्द्धनका साधे पर्यटन विकास लागि अन्तर्राष्ट्रिय स्तरमा यस चलचित्र मोहत्सवले सहयोग गर्ने दिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले बताए ।
आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष राईले भने ' नेपाल बहुभाषी, बहुजाती, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो । मुलुकको अर्थतन्त्र बलियो बनाउन र राष्ट्रको पहिचानलाई राख्ने अठोटका साथ आदिवासी जनजाति चलचित्रकर्मीहरु चलचित्र निर्माण गर्दै आएका छन्। तर, चलचित्र निर्माणलाई राज्य अर्थात सम्बन्धित निकायबाट खारी चासो र महत्व दिइएको पाइदैन।'२०४४ सालमा नेवारी भाषाको चलचित्र 'शिलु' निर्माण भएयता ७ सयभन्दा बढी आदिवासी चलचित्रहरु निर्माण भइसकेका तर, नितिगत समस्याका कारण सोचेअनुरुप आदिवासी जनजाति चलचित्रको विकास हुन नसकेको उनले बताए ।
यस चलचित्र महोत्सवमा आदिवासी मौलिक खानाको स्टल, मौलिक आदिवासी भेषभुषा, आदिवासी फोटो प्रदर्शन मौलिक व्याम्प बक, मौलिक विभिन्न जातिको झांकीका साथमा सांस्कतिक कार्यक्रमसमेत हुनेछ। साथै, नर्भिक अन्तर्राष्ट्रिय स्तरमा सहकार्यमा जनरल स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिने उनले जानकारी दिए। आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गर्ने चौथो आदिवासी चलचित्र महोत्सवमा महासंघमा आवद्ध १४ संस्था सहआयोजक रहने बताएको छ। महासंघका अनुसार चलचित्र विकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन वाणिज्य बैंक, नेपाल टेलिकम, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, चाभा स्टुडियो प्रा.लि. मोर्डन आर्टिष्ट ग्रुप, माडवाडी सेवा समिति आदिको सहकार्य रहने छ ।