काठमाडौं - ‘पोएट आइडल’को दोस्रो सिजनमा उत्कृष्ट ड्रेस डिजाइनको सम्मान सन्जिता बरालले पाएकी हुन् । चार महिनासम्म चलेको सिजन २ मा उत्कृष्ट ड्रेस डिजाइनको सम्मान सन्जिता बरालले पाएकी हुन् ।
‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतिक, अनुप बराल र केकी अधिकारी निर्णायकमध्ये अभिनेत्री केकी अधिकारीको लागि कार्यक्रम अबधिभरको ड्रेस चर्चित ड्रेस डिजाइनर सन्जिता बरालले तयार पारकी हुन् ।
उनले नेकष्ट सुपर मोडल २०१७, मिस एण्ड मिसेज नेपाल एलिगेन्स २०१८, मिस नेपाल २०२२ लगायतका दर्जनौ बिग रियालिटी शोमा प्रतिस्पर्धीहरुको लागि ड्रेस डिजाइन गरेबापत उत्कृष्ट सम्मान तथा अवार्ड पाउँदै आएकी छन् । दिब्यदेवले सहजीकरण गर्नुभएको कार्यक्रममा निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजन पनि चाडै नै दर्शकमाझ आउने जानकारी गराए ।
‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले आफ्नो पक्षमा पार्न सफल भएकी छन् । शनिबार राती अबेर सम्पन्न फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जितेकी हुन् ।
राईले एभरेस्ट फिल्म कलेजबाट एक वर्षको स्नातक अध्यायनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट एक लाखको गिफ्ट भौचर प्राप्त गरेकी छन् । फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रुपमा सहभागी रहेका थिए ।