काठमाडौं - मोटरसाइकल चोरीमा संलग्न नुवाकोट शिवपुरी गाउँपालिका-२ छाप घर भई काठमाडौं बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौं कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धर्मेन्द्र राईले टोखा नगरपालिका-१० महादेवटारबाट बागमती प्रदेश-०२-०३२ प ९५७१ नम्बरको मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएपश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी लु.७८ प ६७५८ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी रविन्द्रलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल रविन्द्रले कृष्णबाट लिएको भन्ने खुल्न आएपछि काठमाडौं कपनबाट कृष्णलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।