काठमाडौं -चन्द्र पाण्डेयको लेखनमा रहेकाे नाटक अग्निचक्षु,साइलेन्ट एक्टकाे प्रस्तुतिमा बुधबारबाट प्रदर्शनमा आउने भएको छ। काठमाडौंकाे बतीसपुतलीमा रहेको शिल्पी थिएटरमा जीवित देवी कुमारीको विषयमा तयार पारिएकाे अग्निचक्षु नाटक आजबाट प्रदर्शनमा आउने भएको हाे ।
झकेन विसिको परिकल्पना तथा निर्देशनमा तयार भएको यस नाटकले संस्कृि धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू पनि नाटकमा समेटिएका छन् । राज्य तथा पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो ।
यस नाटकको पाण्डुलि लागि नाटककार, संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले मार्गनिर्देशन गरेका हुन् । क मञ्चनले नेपालको गहनतम संस्कृतिलाई उजागर गर्नुका साथै पर्यटकहरूलाई समेत लाभान्वित गर्नेछ ।
नेपाली कला र संस्कृतिको संरक्षण, प्रवर्द्धनका लागि थालिएको यस महान् अभियानमा नाटक अवलोकन गर्न प्रायाेजक साइलेन्ट एक्टले सबैमा अनुरोध गरेकाे छ । नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, एअरिका चौलागाई(बाल कलाकार) रहेका छन् । नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार १ बजे अतिरिक्त सो हुनेछ। नाटकको समयावधि करिब डेढ घण्टा रहेको छ।