काठमाडौं - साताकाे अन्तिम दिन आज पनि छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर १ लाख ४२ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै, हिजाे तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँ कायम भएकोमा आज प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेकाे छ । आव प्रतितोला चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८ सय ७५ रुपैयाँमा कायम भएको हासंघले जनाएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँमा कारोबार भएको थियाे ।