कर्णाली - कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चरहरु फसेका छन् । आइतबार दैलेखको खिड्की जीउला बजार सामान ल्याउन अछामबाट आउँदै गरेका खच्चडहरु लट्ठा चुँडिएपछि खच्चडहरू फसेका हुन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुल निकै पुरानो हो । इलाका प्रहरी कार्यालय राकमबाट अहिले घटनास्थलमा खटिएका सहायक हल्दार दीपक कठायतका अनुसार पुलका तीन वटा लट्ठा चुटेर जालीमा खच्चडहरूकाे खुट्टा छिर्दा फसेका हुन् ।
उनका अनुसार १३ मध्ये नजिकै भएको एउटा खच्चरको उद्धार भएको छ भने अहिले १२ वटा खच्चर अड्किएको छन् । उद्धारका लागि राकमबाट ७ जना प्रहरी टोली, जिल्लाबाट प्रहरी, सशस्त्रको टोली आइरहेको छ भने अछामबाट पनि आइरहेको छ । कठायतका अनुसार उद्धार गर्न निकै समस्या छ ।