काठमाडौं– ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२०’को प्रतियोगीहरू प्रशिक्षणमा जुटेका छन् । प्रतियोगीहरूलाई कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धरले विभिन्न प्रशिक्षण दिइरहेकी छन् । प्रतियोगिताको यो तेश्रो संस्करणमा २६ प्रतियोगी भिड्दै छन् ।
यस प्रतियोगितामा मिसन श्रेष्ठ, निलम तामाङ, मञ्जला डंगोल, मेनुका बलामी, रञ्जना सिंह, ट्रिना तुलाधर, लिना डंगोल, दुर्गा श्रेष्ठ, निलम महर्जन, दिब्य सैंजु, मिना लामा, सरस्वती रोकाय, प्रमिशा श्रेष्ठ, समिसा गुरुङ, लक्ष्मी महर्जन, सविना श्रेष्ठ, अस्मिता जिम्बा, सिमा घले, शर्मिला मोक्तान, शान्ति डंगोल, बन्दना मगराती, शर्मिला राई, मन्दिरा शाही, सविना भुजेल, बिमला राई र खुसी गुप्ता अन्तिम प्रतिस्पर्धामा भिड्दै छन् ।
रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित यस प्रतियोगिताका प्रतियोगीलाई ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ की बिजेता सरु जोशीले ग्रमिङ गरिरहेकी छन् ।
रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवं बरिष्ठ ब्युटिसियन सोनी कारञ्जितले ब्युटिसियनहरूको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि तीन वर्षदेखि आफुहरूले ब्युटिसियन ट्यालेन्ट नेपाल प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२०’ घोषणा आगामी ७ चैतमा हुने भएको छ । उनीहरूलाई प्रशिक्षणको क्रममा बिज्ञबाट ब्युटिसियनसम्बन्धी सेल्फ मेकअप, ब्राईडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाईल, हेयर केमिकल, आईल्यासिस एक्टेन्सन, पर्सनालिटी डेभलपमेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङजस्ता विभिन्न प्रशिक्षण दिइनेछ ।