नेपालगन्ज । नेपालगन्जको एबिसी बिद्यालय गणेशपुरमा पुस ५ गते ईमरजिङ्ग भोलेन्टियर (उदयिमान स्वयंसेवक) कार्यक्रम अन्तरगत बिद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ । बासको युवा बिद्यार्थी लक्षीत कार्यक्रम अन्तरगत युवा बिद्यार्थीहरुलाई स्वयंसेवा तर्फ लाग्न उत्प्रेरित गर्नका लागि सो अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणमा स्वयमसेवा के हो, कसरी स्वयमसेवा गर्ने, स्वयंसेवा गर्न चाहने युवाहरुका लागि माध्यम के हुन सक्छन्, सुशासन प्रबद्र्धनमा युवा बिद्यार्थीहरुको भुमिका के हुनसक्छ लगायतका बिषयमा बासका अध्यक्ष मन भण्डारी, उप–निर्देशक हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरी र ईन्सपाईरिङ्ग युथ कार्यक्रमका संयोजक खेम बिष्टले सहजिकरण गरेका थिए । अभिमुखिकरण कार्यक्रममा स्वयम्सेवाका बारेमा पत्रकार कृष्ण अधिकारीले अनुभव सुनाएका थिए । कक्षा ११ र १२ मा अध्ययनरत ६० जना बिद्यार्थीहरुको सहभागिता रहेको अभिमुखिकरण पश्चात स्वयम्सेवाको बारेमा प्रष्ट जानकारी हासिल भएको बिद्यार्थीहरुले प्रतिकृया दिएका थिए । अभिमुखिकरणले स्वयमसेवा गर्न उत्प्रेरीत गरेको उनीहरुको भनाईरहेको थियो । बासले युवा बिद्यार्थिहरुलाई स्वयंसेवा तर्फ लाग्न उत्प्रेरित गर्नका लागि ईमरजिङ्ग भोलेन्टियर (उदयिमान स्वयंसेवक) कार्यक्रम शुरु गरेको हो ।