काठमाडौं - नेपालमा पर्यटन सम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उद्देश्यले बिहीबार नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो हस्पिटालिटी नाइट संचालन हुने भएको छ । देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी ,सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याइ नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि नेपालमा पहिलो पटक सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो नाइट एक्स्पोको आयोजना गर्ने भएको हो ।
इन्टरनेसनल दुरिजमएक्स्पो (नाइट) को सम्पूर्ण तयारी पूरा भएको नाइट संस्थापकरसंयोजक तथा प्रबन्ध निर्देशक विष्णु पाण्डेले एक पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । समिट मोर्केट्सको आयोजनामा नेपाल पर्यटन बोर्डले यस एक्स्पोको प्रवर्द्धन गरेको छ । काठमाडौं महानगरपालिका एवं विभिन्न संघ संस्थाहरुको सहयोगमा २०८१ जेठ ३२ र असार १ गते ,तदनुसार १४-१५ जुन २०२४० मा भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल दुररट्रेकिङ र माउन्टेनिय एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याइ नेपालको पर्यटन प्रवर्द्धनको लक्ष्य आयोजकले लिएको छ। यो प्रदर्शन १५० विक्रेता, २५०क्रेता तथा १ हजार भन्दा बढि आगन्तुकको सहभागिताता रहने छ ।
यस्तै एक्सपोमा बिहार टुरिजम, टुरिजम् समेत सहभागिता रहनेजानकारी गराउँदछु। मुलतः पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रोत्साहन गर्न ठुलो भुमिका खेल्ने अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल तथाव्यापारको व्यापक विस्तार विश्वास छ । नेपालमा पहिलो पटक आयोजना हुन गईरहको नाइट २०२४ ले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बि टु बी र बि टु सी पर्यटन । यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार दिने र दिगोसाझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ । एस्क्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल पनि हुने बताइएको छ ।
नाइट संस्थापकरसंयोजक तथा प्रबन्ध निर्देशक विष्णु पाण्डेले भने ,'विश्वका विभिन्न देशहरुमा यस प्रकारका इभेन्टहरु भइरहेका हुन्छन् जहाँ नेपाली व्यवसायीहरले भाग लिइरहेका हुन्छन् । हामी पनि यसप्रकारका इभेन्ट आयोजना गर्न सके विभिन्न देशका मानिसहरूलाई एकै ठाँउमा ल्याउन सकिने र यसबाट नेपालको रुपमा पर्यटनप्रवर्द्धनका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ भन्ने अभिप्रायले यो कार्यक्रम आयोजना गरेको हो । संस्कृति र परम्पराको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढिकरण तथा नेपालको ब्राण्डिङ र प्रचारप्रसार हुने छ। जसबाट भविष्यम थप पर्यटकहरूलाईआकर्षित गर्न सकिनेछ ।'मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहने पाण्डेले बताउनुभयो । मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । मेलामा एक करोडभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।
व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमा यो कार्यक्रम रहने नाइट संस्थापक र संयोजक तथा प्रबन्ध निर्देशक विष्णु पाण्डेले बताए । एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौं महानगरपालिका सहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजमम्यानेजमेन्ट ९नाथम०, हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाण्डौ, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्टस काठमाण्डौं र रेजिना अर्किडहोटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्त पार्टनरमास्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक रहेका छन् ।