काठमाडौं(प्रस)–काठमाडौं महानगरपालिका–६ कपन तेन्जिङ चोकस्थित डेरा गरी बस्ने उदयपुर काफ्ले गाउँपालिका–५ घर भएका दिपक राउत र सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका–३ घर भएका दमाई छिरिङ शेर्पाको कोठाबाट नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब ४ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन पञ्चकुमारी मन्दिरस्थित डेरा गरी बस्ने सर्लाही घर भएकी अन्जना लुईटेलको कोठाबाट नगद तथा सुनका विभिन्न गहना समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६ ०६:५१