कपिलवस्तु -मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकर ईद आधरिाज्यभरीमा आज मुस्लिमहरुले हार्सौउलासका साथ मनाउदै छन् । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगज, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत कपिलवस्तु जिल्लाभारि ईदुल अजहा अर्थात बकर ईद मुस्लिम धर्मावलम्वीहरु हार्षउल्लसका साथ मनाई रहेका छन् ।
विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मास्जिदहरुमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा रहेको रिसहरुलाई आजका दिन प्रेममायामा बदल्दै अकमाल गरि शुभकामना आदान प्रदान गर्ने गर्दछन् । ईदुल अजहा अर्थात बकरा ईदको नमाज पढी सकेपछि मुस्लिम धर्मावलम्वीहरु आ—आफ्नो घर गई आफ्नो क्षमता अनुसारको जनावरहरुलाई कुरवानी अर्थात् बली दिने गर्दछन् ।
मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सबै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको बली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल अलहि सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।
आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माईल अलिहि सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगाहरुको बली दिएर कपिलवस्तुका मुस्लिमहरुले ईदुल अजहा अर्थात बकर ईद मनाई रहेका छन् । कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीब तथा असहायहरु जसको कुरबानि गर्ने पैसा हुदैन उनीहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई मित्रहरुमा बाँडने र तेस्रो भागको मासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् ।
इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो महान चाडपर्व बकरा ईद इदुल अजहा २०८१ असार ०३ गते सोमबारका दिन परेकाले उक्त दिन नेपाल सरकारले सार्वजानिक विदा दिएकोमा मुस्लिम धर्मावलम्वीहरु नेपाल सरकार प्रति खुशि ब्यक्त गरेका छन् । मुस्लिम धर्मावलम्वीहरु इस्लामी महिनाको अन्तिम महिनाको तीन दिन -१०, ११ र १२ तारिखको दिनसम्म बुरबानी गर्ने गर्दछन् ।
यसै क्रममा मदरसा अहले सुन्नत नाईमुल ओलुम कापिलवस्तु तौलिहवाका धर्मगुरु हजरत मौलाना अलि हसन निजामीसँग कुरवानी सम्बन्धमा गरेका कुराकानीमा आधारित :—
१ . कुरवानीको इतिहास यसप्रकार छ :- इस्लाम धर्म अनुसार कुरवानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नु पर्छ । अल्लाहतालाले कुरवानी आफनो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखीएको थियो । कुरान शरिफमा अल्लाहको आदेश छ । भाग नं ३० पाठ नं. १०८ आयत नं. २ मा उल्लेख गरिएको छ । अफनो अल्लाह को लागि नमाज पढा र कुरवानी गरा कुरवानी नवीको सुन्नत पनि हो । अनि आल्लाहको हुकुम पनि कुरवानी रहेको छ । कुरवानी वाजिब इबादत हो । कुरवानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।
२ . कस्तो व्याक्तीले कुरवानी गर्न सक्छ :- कुरवानी गर्ने व्याक्तिको जिम्मा आवश्यक्ता बहेक साढे सात तोला सुन अथवा साढे बाउन तोला चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरवानी गर्नु पर्छ । यदी त्यस्तो व्यक्तिले कुरवानी गरेन भने त्यो अल्लाहको नजरमा उक्त ब्यक्ति गुनेहगार हनेछ ।
३ . कुरवानीको मासु कसरी खाने :- कुरवानी गरेसकेपछी मासुलाई तीन भागमा बाँडनु पर्छ। एक भाग गरिबलाई दिनुपर्छ । जो गरिबले विभिन्न कारणले गर्दा कुरवानी गर्न सक्दैन त्यस्तो व्यक्तिलाई दिए अल्लाहताला खुशि हुन्छन् । दोस्रो भाग आफनो इष्ट मित्र नातेदार वा साथीहरुलाई खुवाउनु अथवा बाँडनु पर्छ । तेस्रो भागको मासु आफनो घरको परिवारमा खानलाई दिनुपर्ने कुरा कुरानमा उल्लेख गरएिको छ ।
४ . कुरवानीका लागि कस्तो जनावर उपयुक्त हुन्छ :- कुरवानीका लागि खसी, भेडा,गाई भैसी, रागाँ उँटको कुरवानी गरिन्छ । तर हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने र गाई राष्ट्रिय जनावार भएकाले गाईको कुरवानी दिँएकाे छैन । बाहिरी देशमा गाईको कुरवानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरवानी गर्दा ७ जना मिलेर गरेपछी कुरवानी कबुल भएको मानिन्छ ।
बकर ईदको अवसरमा मुस्लिम समुदायहरुले पढने नमाज ईदगाहमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य (बिधायक) सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, नेपाली कांग्रेसका खुर्सेद खान, मुक्तार खान तथा मुस्लिम अगुवा राउफ अहमद खानको उपस्थितिमा सम्पुर्ण मुस्लिमहरुलाई बधाई एवं शुभकामना दिएका थिए ।