एजेन्सी - उत्तरपश्चिमी फ्रान्सको एक स्टड फार्ममा लागेको आगलागीमा ७० वटा घोडा मरेको स्थानीय सरकारले आइतबार जनाएको छ । क्याल्भाडोस, नर्मन्डीको बर्नेस्क स्टड फार्ममा रहेको पाँच सय वर्गमिटर शेडमा आगो आइतबार बिहानै आगो लागेको थियो ।
उक्त शेड घोडाहरू प्रजनन गर्न समर्पित थियो । आइतबार साँझ पनि अग्निनियन्त्रकहरू घटनास्थलमा थिए । स्थानीय अधिकारीले भने, “जाँचहरू आवश्यक रहेको छ । यहाँ ७० घोडा मरेको रिपोर्ट गरिएको छ । यसमा घोडी र बच्चाहरु समेत रहेका थिए ।”
आगलागीको कारण आकस्मिक भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले घटनाको यकिन कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।