काठमाडौं- प्रविधिमैत्री पत्रकारिता तालिम सुरु भएकाे छ । बिहीबारदेखि काठमाडौंको सिद्धार्थ बुटिक होटेल सिमलटारमा बौद्धनाथ क्षेत्र विकास समितिको सहयोग र तामाङ पत्रकार संघकाे आयाेजनामा दुई दिने तालिम सुरु भएको हो ।
समयसापेक्ष प्रविधिसँग रहेर काम गर्नुपर्ने भएकाले पत्रकारहरूलाई बृहतरुपमा नयाँ सिकाईको अपेक्षा रहेको आयोजकले बताएको छ । यही जेठ ६ र ७ गतेसम्म हुने तालिममामा प्रशिक्षक रजनीश भण्डारी, सञ्चु ब्लोन र केशव थोकर रहेका छन्
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष एवं लेखक रवीन्द्र तामाङले अहिले पेपरलेस पत्रकारिताको उदय भएको र प्रिन्ट मिडियाको अन्त हुँदै गएको बताएका छन् । उनले भने,‘मैले साहित्यिक पत्रकारिताबाट लेखन यात्रा सुरु गर्दै तामाङ समुदायको मुद्दाहरूमा लेख्न सुरु गरेको हो।
तामाङले तालिमपछि उत्कृष्ट लेख लेख्नेलाई १५ हजारसहितको ताम्रपत्र प्रदान गर्ने घोषणा गरे ।कार्यक्रमका सभाध्यक्ष सुवास योन्जनले यो सिकाई उपलब्धिमूलक बन्नेमा विश्वास गरे ।