काठमाडौं - आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
सुनको भाउले जेठ २५ गते प्रतितोला १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।यो सुनको भाउ रेकर्ड मूल्य नजिक पुगेको छ ।
यस्तै तेजावी सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ्यताबिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।