काठमाडौं -साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ हजार ७०० रुपैयाँले घटेर तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेर तोलामा १ हजार ९०० रुपैयाँ काराेबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियाे ।