दोलखा- शैलुङमा गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्दा विवाद भएपछि गाउँ सभा स्थगित भिएको छ । काङ्ग्रेस र माओबादीका जनप्रतिनिधिद्वारा एमालेका जनप्रतिनिधिमाथि दुव्र्यवहार भएको भन्दै विवाद र हात हाला हालको स्थिति भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले सभा बहिस्कार गरेका हुन् ।
पालिकाले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्दा विवाद भएपछि तनाव सिर्जना भएको थियो । गाउँपालिकाका जनप्रतिनिधिले चालु वर्ष भ्रमण भत्ता वापत लिएको रकमको बिषयलाई लिएर वडा न १ वडा अध्यक्ष बीरबहादुर घतानी र वडा न ३ का वडा अध्यक्ष बीरबहादुर तामाङले अभद्र ब्यवहार गरेका थिए ।
उनीहरुले वडासदस्य नवराज कार्कीलाई गोप्य विवरण सार्वजनिक गरेको आरोप लगाएपछि जनप्रतिनिधिबीच ठेलमठेल र हात हाला हाल सिर्जना भएको थियो । सो क्रममा गाउँपालिकाको सभाहल र सभा हलसँगै रहेको उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको बताईएको छ ।
गाउँपालिकाले सुचना जारी गरि गाउँ सभा स्थगित भएको जानकारी दिए । शैलुङ गाउँपालिकाको ४२ सदस्यीय कार्यपालिका रहेकोमा २६ जना एमाले तथा १६ जना नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।