भोटेकोशी - भोटेकोशी नदीमा ‘२२ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ आजदेखि सुरु भएको छ । नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा)ले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालको सहकार्यमा आज र भोलि सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ कार्यक्रम सुरु गरेको हो ।
नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको प्रतिष्पर्धात्मक जलयात्रा आयोजना गरिएको नाराका अध्यक्ष शिव अधिकारीले बताए ।उनका अनुसार प्रतियोगितामा राफ्टिङ र काएकिङ प्रतिस्पर्दा हुनेछ ।
राफ्टिङ्गतर्फ विजयी हुने प्रथम खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार रुपैयाँ र तेस्रो खेलाडीलाई ३० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।कायकिङ्ग खेलतर्फ प्रथम खेलाडीले २० हजार , दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १५ हजार साथै मेडल र प्रमाणपत्र पाउने छन् ।