काठमाडौं - छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ७ सय रूपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।
।