महेन्द्रनगर- कञ्चनपुरको यातायात कार्यालयबाट ७४ लाख राजस्व संकलन भएकाे छ ।मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर यातायात व्यवस्था कार्यालयले रु ७४ लाख राजस्व संकलन गरेको हाे ।
सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।
उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर रु ८७ लाख ५९ हजार राजस्व संकलन भएको थियो ।