काठमाडौं - छापावाल सुनको मूल्य आठ सय रूपैयाँले घटेको छ ।
बुधबार ७ सय रूपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रूपैयाँ कायम भएकोमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले घटेर १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार एक सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १७ सय ८० रूपैयाँ कायम भएको छ ।