काठमाडौं - सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-६ लुभु घर भई सोही नगरपालिका-१ इमाडोल बस्ने ३९ वर्षीय श्याम भन्ने लिलेन्द्र श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला अदालत काठमाडौंको २०६२ भदौ १० गतेको फैसलाले ११ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनी ललितपुर इमाडोलबाट पक्राउ परेका हुन् ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाएको जनाएकाे छ ।