काठमाडौं - छापावाल सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ ।
बिहीबार आठ सय रूपैयाँले घटेर १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएकोमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार एक सय रुपैयाँ कायम भएकोमा तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार एघार सय रुपैयाँ कायम भएकाे छ ।
त्यसैगरी, हिजाे चाँदीको मूल्य प्रतितोला १७ सय ८० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।