काठमाडौं - सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय ८५ रूपैयाँ कायम भएको छ ।