काठमाडौं - छापावाल सुनको मूल्य दुई हजार रूपैयाँले बढेको छ । हिजाे छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज दुई हजार रूपैयाँले बढेर एक लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार एक सय रुपैयाँ कायम भएकोमा आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ९५ रूपैयाँ कायम भएको छ ।