काठमाडौं– गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी एकै साथ चार वटा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । भक्तपुरको थिमी शाखाको बैंकका अध्यक्ष सुशिल गौचनले उद्घाटन गरेको थिए भने जोरपाटी शाखा, बालुवाखानी शाखा र जरंखु शाखाहरूको उद्घाटन क्रमशः बैंकका सञ्चालकहरू त्रय बासुदेव त्रिपाठी, नारायण बहादुर बानिया एवं किशोर ओझाले गरेका थिए । यी शाखासँगै बैंकको नेपालभर ९५ शाखा पुगेको छ ।
भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठुुलो बैंकिङ्ग सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए । त्यस्तै बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंक तीन वित्तीय संस्थाहरू गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको बताए ।