काठमाडाैं - नेपालमा तेस्राे पटक मोनोर्याक अर्थात माेनाेरेलसम्बन्धी एक परिचयात्मक कार्यक्रम भएकाे छ । आज काठमाडाैंकाे कुपाेन्डाेलस्थित हिमालयन हाटेलमा निक्कारी कम्पनीले चमुन्डा ट्रेडिङकाे सहकार्यमा एक कार्यक्रमकाे आयाेजना गरि माेनाेरेलसम्बन्धी एक परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा नारायण रिजालले स्वागत मन्तव्य दिए भने मितसुगाे नाेमुराले अनलाइनमार्फत यस प्रविधिका बारेमा प्रस्तुति दिएका थिए । मोनोर्याक रेलवेमा चल्ने दुई मोनोरेल मध्ये कुनै एकको नाम हो। दुबै प्रणालीहरू ठाडो वातावरणमा हल्का भारहरूका लागि प्रयोग गरिन्छ।
धादिङकाे सिस्ने खाेलादेखि काठमाडाैंकाे नागढुंगाकाे सुरुङमार्गमा पनि यसकाे प्रयाेग भएकाे छ। यसैगरी भृकुटिमण्डपमा कृषि एक्सपाेमा पनि प्रदर्शनीमा राखिएकाे आयाेजकले बताए । यससँगै हिमालयन हाेटेलकाे एक बगैँचामा राखिएको तेस्राे पटक हाे ।
खेतमा काम गर्ने मानिसहरूलाई मद्दत गर्न र सफलतापूर्वक उत्पादनका चिजबीजलाई समाधान गर्न निक्कारीले जापानमै पहिलाे मोनोरेलकाे स्थापना गरेकाे निक्कारी कम्पनी लिमिटेडका अध्यक्ष हिरोशी सुगिमोतोले बताए ।
निक्कारीले सन् १९९६मा चर्को घाममा घाँस काट्ने काम कम गर्न ब्रश कटर र ठाडो खेतमा भारी वस्तु बोक्न सजिलो बनाउन मोनो-र्याक विकास गरेका थिए जुन अहिले विकसित गराएर माेनाेरेलकाे स्थापना गरी एक व्यापारका लागि पाेख्त बनेकाे छ ।
निक्कारीका अध्यक्ष सुगिमोतोले "मोनोरेक" मोनोरेल प्रणाली, र यसको कृषि, निर्माण, पर्यटन, र बाहिरका क्षेत्रहरूमा विभिन्न अनुप्रयोगहरूको बारेमा बताए ।केही क्षेत्रमा ४५ डिग्रीसम्म भारी समान लानेल्यान सकिने उनले बताए । कटनी गरेर ढुवानी प्रक्रियालाई सरल बनाउन आवश्यक भएकाले एक वितरकका रुपमा र व्यापार विस्तारका लागि नेपालजस्ताे देशमा याे निकै काम लाग्ने र उपयाेगले सरलता दिने उनकाे भनाइ छ । चमुन्डा ट्रेडिङका प्रबन्ध निर्देशक शैलेस कंडेलले नेपालमा यस प्रविधि भित्र्याउन सकारात्मक रहेकाे बताए ।