काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्तीएप्मा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरूमा पठाउन सक्नेछन् । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टहरूबाट पनि यो सेवा लिन सकिने जनाइएको छ । साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरूबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि छिटै सुरु हुने उक्त हस्ताक्षर समारोहमा जानकारी दिइयो ।