काठमाडौं– आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’मोबाइल वालेटमा पैसा पठाउन सकिने जनाइएको छ । यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्ने ग्राहकले ३ पटकसम्म निःशुल्क पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । यस योजनामा चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने सुविधा रहेको छ । जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको जनाएको छ ।