काठमाडौं -टोखा नगरपालिका-८ गैरीगाउँस्थित सोमबार दिउँसो चोरी भएको छ ।
गैरीगाउँमा बस्ने मदन भण्डारीको घरबाट कोठाको ढोका फोडेर विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २५ हजार रूपैयाँ गरी करिब ४ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।