जुम्ला - जुम्लाको पातारासी- ६ बाँताकी एक सुत्केरी महिलाकाे आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको छ। सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेकाे काेइलाकाे धुवाँमा निस्सासिएर २२ वर्षीया मायालक्ष्मी महताराको मृत्यु भएकाे हो।
पातासारी -४ माइत भइ -६ मा विहे गरेर सदरमुकामस्थित कालेखाेलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महताराकाे निस्सासिएर गम्भीर घाइते भएकी थिइन्।गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारकाे क्रममा निधन भएकाे उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विश्व श्रेष्ठले बताए।
‘मृत्यु हुने महिला सुत्केरी भएको १२ दिन भएको थियो।' उनले भने,'धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया राेकया र १२ दिने दूधे बच्चा पनि घाइते भएका छन्।’ उनका अनुसार बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएकाे थियाे । उपचारका क्रममा मृतक महताराकी १९ वर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीका अनुसार सुत्केरी महतारालाई अस्पताल पुर्याएकाे केही समयमै निधन भएकाे हो।तीनै जनालाई साेमबार बिहान सवा सात बजे उपचारका लागि प्रतिष्ठान लगिएकाे थियाे।उनीहरू दुई तले घरमा बस्दा रहेछन्। सुत्केरी भएकाेले तेलमा मेथी र आगाे बालेकाे पाइएकाे छ।
उनले भने, हिजाे आफन्तहरूकाे पनि जमघट भएकाे रहेछ। राती ११ बजे श्रीमान र सासू माथिल्लाे काेठामा सुत्न गएका रहेछन्। साेमबार बिहान भने अबेरसम्म नउठेपछि आफन्तले ढाेका फाेरेपछि बल्ल साे घटना थाहा भएको मृतकका आफन्त तथा नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले बताएका छन् ।उनका अनुसार मृतक महतारा र बहिनी राेकाया तल्लाे काेठामा सुतेका थिए ।
प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगाे बालेकाे पाइएकाे र घटनास्थलमा धुवाँकाे प्रभाव बाँकी नै रहेको पाइएको छ ।