काठमाडाैं - काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलायन्सकाे जहाजकाे दुर्घटना भएकाे छ ।
सि चेकका लागि काठमाडाैंदेखि पाेखरा उडान भर्दै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलायन्सकाे जहाजकाे दुर्घटना भएकाे हाे ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो । उक्त जहाजमा चालक दलमात्र रहेकाे खुल्न आएकाे छ ।
सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।
'हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति लिएर जहाज पोखरा लैजान लागेका थियौं, तर जहाज उड्ने वित्तिकै तल झरे छ', उनले भने, 'जहाजमा चालक दलका सदस्य र इञ्जिनियर मात्र छन्, यात्रु छैनन् ।'