काठमाडौं - छापावाल सुनचाँदीको मूल्य दुई हजार चार सयले घटेकाे छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज बिहीबार दुई हजार चार सयले बढेर एक लाख ४५हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै, हिजाे तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ७ सय रुपैयाँ कायम रहेकाेमा आज एक लाख ४४ हजार तीन सय रुपैयाँ कायम छ ।
आज चाँदीको मूल्यमा स्थिर भई हिजाेकै मूल्य प्रतितोला १८ सय पाँच रूपैयाँमा काराेबार भइरहेकाे छ ।