काठमाडौं– सन्राइज बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ । बैंकको यस सहयोगबाट ट्राफिक व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।