काठमाडौं –सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पाको रैनादेवी छहरा —४ स्थित भैरव नवदीप माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले उक्त विद्याललाई दश थान कम्प्युटर प्रदान गरेको हो । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरू विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । उक्त सहयोगबाट विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरूको प्राविधिक सिकाई थप प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।