काठमाडाैं - नेपाल भलिबल सङ्घले पहिलो पटक नेपालमा महिला भलिबल लिग (CAVA Women's Nations Volleyball League-2024) हुने जानकारी पत्रकार सम्मेलन गरी जनाएको छ।नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्द्रको नेतृत्वमा निर्वाचित कमिटीले उक्त कार्यक्रम आउँदो श्रावण १७ गतेदेखि २३ गतेसम्म हुने काठमाडौँको होटल क्राउन प्लाजामा शुक्रबार एक पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।
आगामी श्रावण १७ गतेदेखि २३ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कबड हलमा महिलातर्फको कावा उमेन्स नेशनन्स भलिबल लिग २०२४ पहिलोपटक नेपाल भलिबल संघको आयोजनामा हुने भएको छ । महिलातर्फको काबा महिला च्याम्पियनसिप २०२३ को सफलतापूर्वक सभ्य र भव्य रुपमा उत्कृष्ट व्यवस्थापन सहितको अनुभव रहेको नेपाल भलिबल सङ्घले आयोजना गर्दैछ।
आजको पत्रकार सम्मेलनमा एनआरएन स्थापना गर्ने समाजसेवी एवं डाक्टर उपेन्द्र यादवले सो भलिबल लिग २०२४ को लागि प्रतियोगिताको ट्रफी समेत अनावरण गरेका छन्। उनले नेपालमा हुन गइरहेको काबा नेसन्स् भलिबल लिगमा नेपाली खेलाडीहरूले हकका साथ ट्रफी जित्न हाैसला दिएका छन्। यसैगरी खेलाडीहरुबाट यो ट्रफी विदेश नपठाइ नेपालमै राख्ने उनले विश्वास लिएका छन् ।
प्रतियोगितालाई भव्य र सभ्य रूपमा आयोजना गर्नका लागि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकमा विभिन्न २१ वटा उपसमिति गठन गरी आफ्नो कार्य जिम्मेवारी र इमानदारीपूर्वक गरिरहेको कुरा समेत उनले बताए । संघका अध्यक्ष चन्दले भने ,' सबै खेलाडीहरुलाई स्वागत गर्दै होटल एभरेस्टमा राख्नका लागि तयार गरिएको छ '। 'विगत ५० दिनदेखि राष्ट्रिय भलिबलबाट फाइनलमा छनोट भएकाहरूलाई तालिम दिँदै आएका छाैँ', उनले भने ,'भर्खरै मात्र सफलतापूर्वक सम्पन्न भएको रसियाको राष्ट्रिय महिला टिमसँग खेल्दा भएका कमी कमजोरीहरुलाई अबका आउने खेलमा सुधारेर खेलिनेछ । हाम्रा खेलाडीहरुले राम्रो खेल खेल्न सक्ने विश्वास लिएको छु।' यसैगरी सरकारले यस काबा भलिबल खेलका लागि ३० लाख बजेट छुटाएको पनि उनले जानकारी दिए। जसमा उक्त कार्यक्रमका लागि १ दशमलव ५ करोडको खर्च हुने अनुमान उनको छ ।
साथै उनले ओपनिङ खेलमा श्रीलंका र नेपालको पहिलो गेम हुने बताए जसमा ओपनिङ टिकेट रु.५०० प्रति व्यक्ति रहने पनि उनले जानकारी दिए। प्रतियोगितामा भारत, इरान,श्रीलंका, माल्दिवस् र आयोजक नेपाल गरी जम्मा पाँचवटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा विशेष सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद् हस्पिटलिटी पार्टनर होटल एभरेस्ट मेडिकल पार्टनरको रुपमा नेपाल नेपाल नेसनल हस्पिटल एवं मिडिया पार्टनरको रूपमा हाम्रो खेलकुद डट कम रहेका छन्। यसका साथै प्रतियोगिताको सम्पूर्ण तयारी समेत भइसकेको अध्यक्ष जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा बताएका छन्।
यसैगरी भलिबल खेलमा पहिला नेपाल र श्रीलङ्काले पहिलो म्याच खेल्नेछन् भने दोस्रो म्याचमा भारत र इरान रहेका छन्।दोस्रो दिनमा भारत र नेपाल खेल्ने छन् ।सोहि दिनमा दोस्रो चरणमा माल्दिव्स र इरानको म्याच हुनेछ । तेस्रो दिनमा श्रीलंका र इरानको म्याच हुनेछ भने दोस्रो सेसनमा इन्डिया र माल्दिवको हुनेछ । चौथो दिनमा इन्डिया र श्रीलङ्काको म्याच हुनेछ भने दोस्रो सेसनमा नेपाल र माल्दिव्सले सँगै भिड्नेछन्।
यसैगरी पाँचौं दिन मा पहिलो खेल श्रीलंका र माल्दिप्सको हुनेछ भने दोस्रो खेलमा इरान र नेपालको हुने भएको छ। त्यसैगरी छैठौं दिनमा छनोट भएका देशका टिमहरुले सेमिफाइनल खेल खेल्नेछन् । सातौं दिनमा सेमिफाइनलमा छनोट भएका टिमहरुले फाइनल खेल खेल्नेछन् ।