काठमाडाैं - प्रहरी प्रभाग नयाँबसपार्कले प्रहरी निरीक्षक दिनेश गुरुङलाई सम्मानका साथ बिदाई गरेकाे छ।प्रहरी प्रभाग नयाँबसपार्कमा कार्यालय प्रमुखको रुपमा आएका प्र.नि.गुरुङ २०८० भदाै ११ गते प्रवेश गरेर ११ महिने कार्यकाल पूरा गरि जनप्रतिनिधि, स्थानिय बासिन्दा, विभिन्न ब्यवसायीको उपस्थितिका बिच शुक्रबार बिदाई भएका हुन् ।
उनले प्रहरी प्रभाग नयाँबसपार्कले गरेको कार्यसम्पादनको विषयमा २०८०/०६/२० गते गोङगबु बसपार्कभित्र पहिलो , २०८०/०९/२७ गते टोखा ९ स्थित सौगात पार्टी प्यालेसमा दोस्रो, २०८०/१२/२७ गते टोखा ८ स्थित पारीजात पार्टी प्यालेसमा तेस्रो र २०८१/०३/२७ गते का.म.न.पा. २६ स्थित रानिदेवी पार्टी प्यालेसमा चौथो सार्वजनिक सुनुवाई कार्यक्रम गरेका थिए ।
प्र.नि. दिनेश गुरुङ बसपार्क क्षेत्रमा आउनुपूर्व खासगरी भारतिय नागरीकलाई लक्षित गरि १ लाखदेखी १२ लाखसम्म लुटपाट हुने गरेकोमा गुरुङ्ले बसपार्कको कमाण्ड सम्हाले पश्चात् त्यस्ता घटना शुन्यमा झरेको उनले बताए । प्रचलित कानून र बनेका नियम तोड्ने बढ्दो प्रवृत्तिलाई निरुत्साहित गरि कानून र नियमको पालनामा कडाईकासाथ प्रस्तुत भएको उनी बताउँछन् ।
बसपार्कको ईन्स्पेक्टरलाई प्रभाव र दबाबमा राखी आफ्नो गलत मनसाय पूरा गर्ने केही ब्यवसायी र राजनितिकर्मी आफ्नो उदेश्यमा असफल भएपछी प्रहरीले आतंक सिर्जना गर्यो भन्दै विभिन्न राजनितिकर्मी र शक्ति केन्द्रमा धाउने प्रवृति भेटिएकाे उनले बताए । उनकाे कार्यकालमा बसपार्क क्षेत्रमा हुने चोरी, लुटपाट लगायतका घटनाहरु न्यूनीकरण भएको र बसपार्कभित्र यात्रुलाई हुने ठगी र दुख हैरानिका घटनामा न्युनिकरण भएको उनले बताए ।
उनका अनुसार २०८० सालको बडा दशै लगायतका चाडपर्वमा बसपार्क क्षेत्रबाट उपत्यका बाहिर जाने यात्रुहरुलाई ब्यवस्थित, भयरहित र सुरक्षित ढङ्गले गन्तब्यमा जाने गरि उत्कृष्ट सुरक्षा ब्यवस्था मिलाएकाे थियाे ।
यसैगरी उनकाे कार्यकालमा सम्भावित अपराधका घटना रोकथामका लागि संकास्पद ७ हजार पाँच सय ९२ जना ब्यक्तिलाई नियन्त्रणमा लिई ७८१ जना ब्यक्तिलाई विभिन्न कसूरमा मुद्दा चलाएको, जुवातासमा संलग्न ९० जना बिरुद्ध मुद्दा चलाएको , चोरीमा संलग्न ५५ जना विरुध्द मुद्दा चलाएका छन् । चालू मुद्दामा र अदालतबाट फैसला भैइ सजाय भुक्तान गर्न बाँकी एक सय तीन जना मानिसलाई पक्राउ गरि ७ वर्ष ७ महिना १ दिन कैद र रु. ४५,३१,७५४ जरीवाना भुक्तान गराई फरार ब्यक्तिलाई कानूनी दायरामा ल्याएको पनि उनले बताए ।
टोखा नगरपालिका- ८का रमेश खत्री ,वार्ड नं ९का रामभक्त घिमिरे र वार्ड नं ११का - घनश्याम खड्का पनि प्रहरी निरीक्षक गुरुङको विदाई गर्न पुगेकाे थिए ।
यसैगरी प्रहरी निरीक्षक गुरुङको विदाई कार्यक्रममा काठमाडौ होटेल ब्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर कार्किलगायत पदधिकारीहरु,संयुक्त होटेल ब्यवसायी संघका अध्यक्ष प्रकाश जी.एम. लगायत पदाधिकारीहरु, राष्ट्रिय लोक तथा दोहोरी ब्यवसायी संघका महासचिव भिम श्रेष्ठलगायतका पदाधिकारीहरुउपस्थिति रहेकाे थियाे ।