काठमाडाैं - गायिका बसन्ती लामाले 'मायालुले वाह भन्नेछन् ...' नयाँ नेपाली गीत सार्वजनिक गरेकी छन् ।
नेपाली तीज- २०२४ नजिकिदै गर्दा बसन्ती लामाले आफ्नै आधिकारिक यूट्युब च्यानल बसन्ती लामा तामाङमार्फत अनामनगरकाे स्टुडियो त्रितालमा रेकर्ड गरेकाे गीत शुक्रबार सार्वजनिक गरेकी हुन् ।
केशवराज भट्टकाे निर्देशन र कोरियोग्राफी रहेकाे यस गीतमा पदम सुवेदीको सम्पादन रहेकाे छ । यस गीतमा विशेष गरी बसन्ती लामाकाे गायनमा हिरा माया वाइबा र सुमित्रा गौतमले साथ दिएका छन् । गीतमा संगीत बसन्ती लामा तामाङकाे नै रहेकाे छ भने मिक्स-मास्टरिङ सुन्दर लामाकाे रहेकाे छ ।
यस गीतमा कलाकारहरु राज बाघ,हिरा माया वाइबा, राज सरगम ,निकिशा श्रेष्ठ ,मुना ढुंगाना,शितला पन,गोविन्द शर्मा,सृजना लामा रहेका छन् ।