काठमाडौं - जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४८ वर्षीय रिन्चो निमालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-६ मंहाकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।
रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।