काठमाडाैं- सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाण्डौं बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्न सम्झौता भएको छ ।
लाजिम्पाटस्थित दूसीत् प्रिन्सेस्मा बैंकका ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५% सम्म छुट प्राप्त सम्झौता गरी सेवा प्रदान गर्न लागेकाे हाे ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नेछन् ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।