काठमाडौं - अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले माउन्ट केटुको बिना अक्सिजन सफल आरोहण गरेकी छन् । उनले हिजो (सोमबार) विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहणकी हुन् ।
उनले शेर्पा गाइड मिकेल शेर्पासगँ उक्त हिमालको सफल आरोहण गरेका हुन् । उक्त हिमालको सफल आरोहणसंगै उनले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये अब १० वटा मात्र आरोहण गर्न बाँकी रहेको छ ।
उनले यसअघि शेर्पा गाइड मिकेल शेर्पा र निमा शेर्पासगँ अन्नपूर्ण–१ र मकालु हिमालको सफल आरोहण गरेकी थिइन् । पेपर दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्यमा छिन् ।
उनले सेभेन समिट ट्रेक्स कम्पनी मार्फत उक्त हिमालहरु आरोहण गरिरहेकी छन् । सन् २००७ मा माउन्ट चोयु हिमाल चीन तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्दै पेपरले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न सुरुवात गरेकी थिइन् ।
यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।