काठमाडौं -बिहीबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँ कायम भएको थियाे
आज १ हजार ६ सय रूपैयाँले बढेर एक लाख ४९ हजार चार सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय रूपैयाँ कायम भएको छ ।