दाङ - नाङ्लो बिक्री गर्न सैघाबाट एक दम्पती घोराही बजार आएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१९ स्थित पहाडी गाउँ सैघाबाट करिब तीन घण्टाको पैदल बाटो हिँडेर घोराही बजारमा सैघाका एक दम्पती नाङ्लो बिक्री गर्न आएका हुन् ।
गाउँघरमा पाइने निगालोबाट तयार गरिएको नाङ्लो यहाँ प्रतिगोटा रु २०० मा बिक्री हुने उनीहरु बताउँछन् ।
तस्बिरः कुलदीप न्यौपाने/रासस