म्याग्दी - म्याग्दीको खोपारा एक लेक पहाडी भूगोल, हिमाल, सुर्योदय, सुर्यास्तको दृश्य अवलोकनका लागि पर्यटकबीच आकर्षण बन्दै गएको छ ।
यहाँका मुख्य पेशाकाे रुपमा लेकखर्कमा चौँरी पाल्ने प्रचलन छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको खर्कमा पानी पर्न छाेडेपछि त्यहाँको मनाेरम दृश्य देख्न देख्न सकिन्छ ।
समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपाराकाे पृष्ठभूमिमा धौलागिरी हिमालको दृश्य देख्न सकिन्छ । पर्यटकीय स्थलका रुपमा चिनिन्दैछ खोपारा।