जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार विज्ञप्ति निकाली होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।
कार्यालयले विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोनाभाइरस (कोभिड–१९)बाट नेपाल पनि उच्च जोखिममा रहेकोले सतर्क भई भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न अनुरोध गरेको हो। नेपाल सरकारले अगावै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ ।
अर्को सूचना जारी नभएसम्मका होली लगायतका विभिन्न प्रकारका उत्सव, मेला, पर्व आदि कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गर्दै प्रशासकीय अधिकृत मानबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरिएको छ ।