एजेन्सी- चन्द्रमाको एक क्रेटरलाई "ल्हामू" नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय खगोलीय संघ (IAU) को ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई "ल्हामू" नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको हो।
सगरमाथा अरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई U.S. Geological Survey (USGS) ले "ल्हामू क्रेटर" नामकरण गरेको छ।
पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ।
अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्छ ।