काठमाडाैं - जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बिच त्रिपक्षीय समझदारीमा विद्यार्थीले जापान जाने शैक्षिक कर्जा सहजै पाउने भएका हुन् ।उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीह?लाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीह?लाई जापानका विभिन्न विश्वविद्यालयह?मा उच्च शिक्षाका निमित्र् आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गए पश्चात् विद्यार्थीहरुले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।